
पूर्णपुष्टि, मंसिर २४ । उदयपुरमा भरुवा बन्दुक सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ की ४७ बर्षीय दुर्गा बिश्वकर्मा रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार अवैध रुपमा भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा उनलाई पक्राउ गरेको हो । शनिबार साझँ ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले घर खनतलासी गर्दा २ थान भरुवा बन्दुक बरामद गरेसँगै उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।