उदयपुरमा भरुवा बन्दुक सहित एक जना पक्राउ

पूर्णपुष्टि, पुष २५ । उदयपुरमा अवैध हतियार भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर गाँउपालिका—१० आम्चोक बस्ने वर्ष २० को समिर राई रहेको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रहरीका अनुसार विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक सहित राईलाई पक्राउ गरेको हो ।प्रहरी नायक उपरिक्षक (डिएसपी) हरिनन्द चौधरले मंगलबार बेलुका ६ बजे चौदण्डिगढीबाट बेल्टारतर्फ आउदै गरेको को.१३ प.४१५ नम्‍बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा भरुवा बन्दुक १ थान, फलामको गोली ४ थान, केप १ थान, दवास १ थान, फलामको नाल १ थान र वेरिङ १७ थान बरामद गरेसँगै राईलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
3
+1
2
+1
1
+1
2