Tuesday, July 28News That Matters

उदयपुरमा भिरबाट लडेर एक पुरुषको मृत्यु

पूर्णपुष्टि, भदौ ९
उदयपुरमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका वडा नं–१० सोता स्थितमा बस्ने ६० बर्षीय फौद बहादुर श्रेष्ठ रहेका छन् ।बुधबार राती ९ बजेको समयमा श्रेष्ठ घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखी घर फर्कने क्रममा अचानक भिरबाट लडी घटनास्थल मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी नायब उपरिक्षक (डिएसपी) राकेश कुमार पोदारले जनाए । घटना स्थलमा कटारीबाट खटिएको प्रहरीे टोलीले सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरी लास पोष्टमार्टमको लागी कटारी अस्पताल पठाएको जनाएको छ ।