Thursday, August 6News That Matters

उदयपुरमा मादक पर्दाथ निषेध : नियम विपरित जानेलाई कारवाही

पूर्णपुष्टि, कार्तिक २७ गते ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले आजबाट मादक पदार्थ बेच बिखन, ओसार पसार र सेवन गर्नमा पूर्णरुपले निषेध गरेको छ । प्रशासनले जारी गरेको २५ गतेको सुचना अनुसार २७ गते देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नआएसम्म जिल्लाभर मादक पदार्थ निषेध गरिएको हो ।
आसन्न मंसिर ४ गतेका दिन हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन विधसनीय, निष्पक्ष र भयरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयको परिपत्र तथा जिल्लाले यस्तो सूचना जारी गरेको प्रशासन प्रमुख जनार्दन गौतमले बताए । गौतमका अनुसार सूचनामा उल्लेख भए विपरित गरेको पाईमा प्रचलित कानून बमोजिम कारवाही गरिने छ ।