Wednesday, May 20News That Matters

उदयपुरमा मेयरसहित थप ६ जनामा कोरोना पुष्टि

पूर्णपुष्टि, असोज १७

उदयपुरमा जनप्रतिनिधिसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा बेलका नगरपालिकाका मेयर सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

५४ बर्षिय मेयरसहित ४०, ४३, २८, ४२ बर्षिय पुरुष र १८ बर्षिया महिलालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

उनीहरुमध्ये एक जना स्वास्थ्यकर्मीसमते रहेका छन् । एक साता अघि मेयरका ८२ बर्षिय वुवालाई उपचारका क्रममा विपी कोईरालामा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोराना देखिएपछि शनिबार देखिएका ६ जना नै कन्ट्रयाक टे«सिङ्गमा थिए ।

यसअघि जिल्लामै पहिलोपटक सोही नगरपालिकाका ६५ बर्षिय वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको थियो ।

योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या एक सय २४ जना पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । त्यसमध्ये ९२ जना पुरुष र ३२ जना महिला रहेका छन् ।

कोरोना भाईरस नियन्त्रणको अभियान लिएर गाउँ पसेका जनप्रतिनिधिलाई नै कोरोना पोजेटिभ देखिएपछि उदयपुरको बेलका नगरक्षेत्रमा फेरी त्रास फैलिएको छ ।
मेयरमा पोजेटिभ देखिएपछि पालिकाका सबै जनप्रतिनिधि र कर्मचारी कन्ट्रयाक ट्रेसिङमा परेका छन् । संक्रमित मध्ये हालसम्म त्रियुगा नगरपालिकामा ७० जना, बेलका नगरपालिकामा ४० जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

अहिलेसम्म १ हजार ९ सय ६२ जना महिलासहित सात  हजार ७ सय २२ ले पिसिआर परीक्षण गरिसकेका छन् । त्यसमध्ये सात हजार ६ सय ८९ जनाको रिर्पोट आईसकेको प्रमुख सुवेदीले बताउनुभयो ।

अहिले २० जना पुरुषसहित २३ जना क्वारेन्टाईनमा रहेका छन् भने चार सय ५४ जना पुरुषसहित चार सय ७२ जना होमक्वारेन्टाईनमा रहेको जनाईएको छ ।