Thursday, June 25News That Matters

उदयपुरमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

पूर्णपुष्टि, मंसिर ५
उदयपुरको बेलका नगरपालिका–५ जहडा मदन भण्डारी लोक मार्ग स्थितमा मोटरसाईकलको ठक्करबाट एक पदैल यात्रीको ज्यान गएको छ । सोही स्थानकी ७० वर्षीया ईच्छा कुमारी राईको मोटरसाईकलको ठक्करबाट ज्यान गएको हो ।
हिजो बेलुका साढे ६ बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३४ प २०३७ नम्बरको मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएकी राईको धरान घोपामा उपचारको क्रममा हिजो राती साढे ९ बजे ज्यान गएको हो । सो दुर्घटनाबाट मोटरसाईकल चालक सप्तरी सप्तकोशी नगरपालिका–१ का ३५ वर्षीय आलोक राई समेत घाईते भएका छन् । उनको सोही अस्पतालमानै उपचार भईरहेको । मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत नविनराज राईले बताउनुभयो ।