उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा युवकको मृत्यु

पूर्णपुष्टि, साउन १८ । उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी चौदण्डीगढी नगरपालिका–७ हाङ्गबजारका २३ बर्षीय दिप्सन मगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

बुधबार राती ११ बजे चौदण्डीगढी–६ खत्रीटोल स्थित प्र १०५००१ प ८५०५ नं. को होण्डा साइन मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक मगर घाईते भएका थिए । दुर्घटनाको सुचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी सहायक निरीक्षक सुबास घिमिरे सहितको टोलीले घाईते मगरलाई उद्दारगरी नगर अस्पताल पु¥याएको थियो । त्याहा उपचार सम्भव नभएपछि थप उपचारको लागी धरान पठाईएकोमा अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0