पूर्णपुष्टि, साउन २३ । उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट सर्लाहीका ४५ बर्षीय रमेश सुबेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सोमबार राति ८ बजे गाईघाटबाट कटारी तर्फ जाँदै गरेको प्र. २–०१–००३ प ९१११ नम्बरको मोटरसाईकल उदयपुरगढी गाउँपालिका–२ मदन भण्डारी राजमार्गमा आफै अयिनन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक ( डिएसपी ) हरिचनन्दन चौधरीले जानकारी दिए । दुर्घटनाबाट घाईते भएका मोटरसाईकलमा पछाडी सवार सुबेदीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको डिएसपी चौधरीले बताए । मोटरसाईकल चालक सप्तरीका ४५ बर्षीय उपेन्द्र यादवलाई नियन्त्रणमा लिएर घटना बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।