
सुनिल राई, गाईघाट ।
पूर्णपुष्टि, फागुन ४ । उदयपुरको कटारी नगरपालिका वडा नं. ७ नौडाडा स्थित सिद्धिचरण रागमार्गमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार शनिबार बिहान मिर्चौयाबाट कटारी तर्फ जादैँ गरेको प्रदेश नं. २–०१–००३४ प १३०४ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा कटारी–७ मर्जेपुर घर भई हाल वडा नं. ४ मावि टोल बस्ने २३ बर्षीय रविन तामाङको घटना स्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी पछाडी सवार सिराहा धनगढीमाई नगरपालिका वडा नं. १४ दम्ली बस्ने भिम बहादुरको २३ बर्षीय छोरा किरण तामाङ गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते तामाङको हाल धरान स्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण दुर्घटनाग्रस्त मोटरसाईकल प्रहरी चौकी बेलसोतमा राखिएको र घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।