Tuesday, April 21News That Matters

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

पूर्णपुष्टि, असार २५ । उदयपुरको बेलका नगरपालिका–८ मा मंगलबार मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकजना घाईते भएकी छन् । मृत्यु हुनेमा मोरङ बूढीगंगाका ३२ बर्षीय अनल राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बोप्ताङबाट सोमबारेतर्फ जाँदै गरेको को ३८ प ९८७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई साँझ ५ बजेर ४५ मिनेटमा दुर्घटना हुँदा चालक राजवंशी गम्भीर घाइते भएका थिए । चालक राजंवशीलाई उपचारको लागी विराट शिक्षण अस्पताल लगिएकोमा उनको उपचारको क्रममा राति ८ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार भोजपुर षडानन्द नगरपालिका–७ की १८ वर्षीया तुलसा कार्की सामान्य घाइते भएकी छन् । उनको उपचार भइरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।