
पूर्णपुष्टि, चैत्र १७ । उदयपुरमा एक युवतीलाई जबरजस्ती गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १७ बर्षीय युवतीमाथी जबरजस्ती गरेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. ७ का ५६ बर्षीय शिबराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
युवतीमाथी जबरजस्ती गरेको आरोप लागेका उनलाई ईलाका प्रहरी कार्यालय बेलटारले शुक्रबार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईका अनुसार बिहिवारको घटना पछी किशोरीको परिवारले जाहेरी दिएकोले उनलाई पक्राउ गरिएको हो ।
किशोरीले दिएको बयानको आधारमा राईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको उनले बताए । पक्राउ परेको राई विरुद्ध अदालतबाट म्याद थप गरेर कारबाही अघि बढाईएको निरीक्षक राईले बताए ।