Thursday, June 4News That Matters

उदयपुरमा रामजानकी विद्यालयबाट टाईफाई विरुद्धको खोप सुभारम्भ

पूर्णपुष्टि, चैत्र २६
उदयपुरको बिभिन्न विद्यालयहरुमा शुक्रबारदेखी टाईफाई विरुद्धको खोप लगाउन सुरु गरिएको छ । उक्त खोप देशैभर सुरु भएको छ । यसै क्रममा स्वास्थ्य कार्यालय उदयपुरले पनि उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ मोतिगाडामा रहेको रामजानकी विद्यालयबाट खोपको शुभारम्भ गरेको हो । त्रियुगा नगरपालिका ३ स्थित रामजानकी माध्यामिक विद्यालयमा एक समारोहको आयोजना गरी खोपको शुभारम्भ गरिएको कार्यालय प्रमुख बृजकुमार ठाकुरले बताउनुभयो ।

प्रमुख ठाकुर आफैले सो विद्यालयका एक छात्र र एक छात्रालाई खोप लगाई दिएसंगै जिल्लामा शुभारम्भ भएको हो । प्रमुख ठाकुरले वालवालिकामा टाइफाईट रोगको समस्या जटिल देखिएकोले नेपाल सरकारले ठूलो खर्चका साथ अनिवार्य खोपको रुपमा ल्याएको बताउनुभयो । बालबालिकाको नियमित १२ वटा खोपमा अरु एउटा थपिएर अव १३ वटा खोप भएको उहाँले बताउनुभयो ।
खोप सुपरभाईजर चिरन्जिबी निरौलाका अनुसार उदयपुरमा १५ महिनादेखि १५ वर्षका १ लाख १४ हजार ५६४ जना वालवालिकालाई खोप लगाइने लक्ष रहेको छ । ४४९ वटा खोपकेन्द्रहरुमा ८२७ जना स्वास्थ्यकर्मी र २ हजार ३०४ जना स्वयम्सेवक खटिनेछन् । खोप दुईचरणमा हुनेछ । तीन नगरपालिकाहरु त्रियुगा, चौदण्डीगढी, बेलका र दुई गाउँपालिका रौतामाई, लिम्चुङबुङ गाउँपालिकामा पहिलोचरणमा चैत २५ देखि ३० गतेसम्म सञ्चालन हुनेछ भने दोस्रोचरणमा एक नगरपालिका कटारी र दुई गाउँपालिकाहरु उदयपुरगढी र ताप्ली गाउँपालिकामा बैशाख ५ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।

जिल्ला खोप समन्वय समिति उदयपुरका संयोजकसमेत रहेका जिल्ला समन्वय प्रमुख खड्गबहादुर परियारले खोप कार्यक्रममा सबै अभिभावकहरुले आप्mना बालबालिकालाई सहभागि गराउन आग्रह गर्नुभयो । अधिकांश बालबालिका विद्यालयमा रहेकाले सोही हिसावले धेरैजसो केन्द्र विद्यालयमा तोकिएका छन् । विद्यालयबाहिरका बालबालिका पनि नछुटुन् भन्ने हेतुले समुदायमा पनि केन्द्रहरु तोकिएका छन् । सबै खोप केन्द्रमा तालिम प्राप्त स्वास्थ्यकर्मी र स्वयम्सेवकहरु खटिएको कार्यालयले जनाएको छ ।

एकपटक लागेपछि जीवनभर ढुक्क हुने यो खोपको असर नरहेको कार्यलय प्रमुख ठाकुरले बताउनुभयो । कसैकसैलाई सामान्य असर देखिए पनि त्यसबाट डराउन नपर्ने उहाँको भनाई छ । सबै अभिभावकले आप्mना वालवालिकालाई खोप लगाई रोग लाग्नबाट सुरक्षित बनाउन उहाँको आग्रह छ ।
महंगो शुल्क तिरेर मात्र अस्पतालहरुमा पाइने यो खोप नेपाल सरकारले आप्mनै लगानीबाट पहिलो पटक आमरुपमा बालबालिकाका लागि ल्याएको हो । हालसम्म सरकारले बालबालिकाका लागि दिदै आएको नियमित १२ वटा खोपमा अब उप्रान्त टाइफाइटको यो खोप पनि थपेर दिइनेछ । अव वालवालिकाका लागि अनिवार्य र नियमित खोपमा टाइफाइटविरुद्धको खोप पनि परेको छ ।