
पूर्णपुष्टि, फागुन २६
उदयपुरमा लागुऔषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–३ मोतिगडा चौकबाट त्रिनपा–३ भुल्के निबासी ३७ वर्षीय सहिद मिया पक्राउ परेको हो ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटेका विशेष प्रहरी टोलीले मियालाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनको साथबाट नाइट्राजिपाम १५१ ट्याब्लेट, स्पास्मो प्रोक्सिभोन ८० ट्याब्लेट, डाईलेक्स डिसी ६ बोतल, नोफिन १५ एम्पुल र डाईजेपाम १७ एम्पुल, फेनारगन १२ एम्पुल नगद १५ हजार ४ सय र मोबाईल १ थान फेला पारेको प्रहरीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका मियामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
