Sunday, June 28News That Matters

लागुऔषधसहित २ जना भारतिय नागरिक पक्राउ

झापा, फागुन २६ 

झापा मेचीनगरबाट लागुऔषधसहित दुई जना भारतिय नागरिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ स्थित न्युन बिशाल होटलबाट बुधबार दिउसो ११ बजे लागुऔषध अफिमसहित दुई जना भारतिय नागरिक पक्राउ गरिएका हुन् ।

भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री अफिमसहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रतिबन्धित लागुऔषध अफिमको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो कोटेश्वर काठामाण्डौं र ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोही होटलको कोठा नम्बर १०५ बाट उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्लाष्टिकको जेब्रा झोला भित्र दुई वटा पोका बनाई लुकाई छिपाई राखेको लागुऔषध अफिम २ किलो सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ ।

लागुऔषधसहति पक्राउ परेकामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।