Sunday, June 28News That Matters

एभरेष्ट बैंकको १०२ औँ शाखा गाईघाटमा विस्तार

पूर्णपुष्टि, फागुन २६

एभरेष्ट बैँकले आफ्नोे शाखा गाईघाटमा पनि विस्तार गरेको छ । बुधबार एक कार्यक्रमको बिच गाईघाट शाखा कार्यलयको उद्घाटन गर्दै १०२ औँ शाखाको रुपमा गाईघाटमा विस्तार भएको हो ।देशकै अन्य बैँकहरु मध्य सबैभन्दा कम निष्क्रिय कर्जाको रुपमा यस बैँकले आफुलाई स्थापित गरेको एभरेष्ट बैंकका डि.जि.एम सन्धिर कुमारले बताउनुभयो । उहाँले हाल ११ लाख भन्दा बढी ग्राहकहरुले यस बैंकबाट देशका बिभिन्न ठाउँबाट प्रत्यक्ष रुपमा गुणस्तरीय सेवा लिरहेको समेत बताउनुभयो । बिगत ३६ बर्ष लामो समयदेखि निरन्तर ग्राहकहरुको गुणस्तर सेवामा विश्वास दिदै आएको यस बैंकले देशको करिव ३१ ओटा काउन्टरहरुबाट नेपाल सरकारको राजश्व समेत संकलन गर्दै आएको उहाँले बताउनुभयो ।सरकारको केन्द्रिय बैंकको निर्देशन र निति अनुरुप दिगो दरिलो र विश्वासिलो भन्ने नारालाई आत्मा साथ गर्दै यस बैंकले सामाजिक उत्तरदायीत्वमा समेत ध्यान पुराउँदै आएको उहाँको भनाई छ । यस्तै एभरेष्ट बैंकका १ नं प्रदेश प्रमुख पूर्णबहादुर श्रेष्ठले २०५१ साल बाट देशभरीका हरेक क्षत्र र बर्गहरुमा स्थरीय सुविधाहरु दिँदै देशभर शाखा विस्तारमा लागेको अबगत गराउनुभयो । उहाँले उदउपुर शाखा १ नं प्रदेशको १६ औँ शाखाको रुपमा बिस्तार भएको समेत बताउनुभयो ।

यस शाखाबाट सम्पूर्ण ग्राहकहरुमा छिटो, छरितो, स्थरीय र गुणस्तरीय बैंकिङ सेवा सुविधाहरु प्रदान गर्न प्रतिबद्ध र तत्पर रहेको श्रेष्ठले बताउनुभयो ।

शाखाले एटिएम लगायत सम्पूर्ण बैंकिङ सुविधाहरु चुस्त दुरुस्त रुपले अगाडी बढाएको गाईघाट शाखा प्रमुख भवन थापाले बताउनुभयो ।

कार्यालयको उद्घाट त्रियुगा उद्योग बाणिज्य संघका अध्यक्ष गजेन्द्र भगतले गर्नुभयो ।