Saturday, April 18News That Matters

उदयपुरमा लागुऔषध गाँजा सहित बुबा–छोरा पक्राउ

पूर्णपुष्टि, बैशाख १३ । उदयपुरमा लागुऔषध गाँजा सहित बुबा–छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–३ का ६८ बर्षीय लकु चौधरी र उनका ३२ बर्षीय छोरा मनोज चौधरी रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले १ किलाग्राम ३०० मिलिग्राम गाँजा र नगद ६६ हजार रुपैया सहित बुबा–छोरालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका बुबा छोराको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट आवश्यक थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।