
पूर्णपुष्टि, भदौ २३ । उदयपुरमा लागुऔषध मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–४ विज्ञान टोल बस्ने धनबहादुर माझीको ३० बर्षीय छोरा दान बहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीका अनुसार जिल्ला अदालतले मिति २०७९।०१।२२ गते २ महिना कैद सजाय फैसला तोकेतापनि हालसम्म फरार रहँदै आएको माझी शुत्रबार पक्राउ परेका हुन् । माझीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरबाट खटिएको प्रहरी टोलिले गाउँ घरमै लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए ।
पक्राउ परेका माझीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला उदयपुरमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।