Friday, June 19News That Matters

उदयपुरमा लागुऔषध र करकाप मुद्धाका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, भदौ ३० । उदयपुरमा लागुऔषध र करकाप मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नपा–४ बस्ने ३४ बर्षीय चण्डिराज राई र चौदण्डीगढी नपा–१० बस्ने ५८ बर्षीय देबल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार राईलाई लागुऔषध मुद्धामा जिल्ला अदालतले २०७४।११।१६ गते रु.२,००० रुपैया जरिवाना र चौधरीलाई करकाप मुद्धामा २०६५।०२।२४ गते रु. २५ रुपैयामात्र जरिवाता तोकेता पनि हाल सम्म फरार रहेको उनिहरुलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा घरबतनबाटै शुक्रबार नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुलाई ईप्रका बेल्टारमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।