Wednesday, January 14News That Matters

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

पूर्णपुष्टि, पौष २६ । उदयपुरका त्रियुगा नगरपालिका–१० बोक्से चोक नजिकबाट एक युवालाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिनपा–९ रातमाटे बस्ने रेम्बो भनेर चिनिने ३२ बर्षीय जहान सिंह खत्री रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार दिउँसो साढेँ ३ बजेको समयमा लागुऔषध कारोबार भईरहेको भन्ने बिषेश सुचनाको आधारमा खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध ४५० एम्पुल सहित खत्रीलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट डाइजेपाम १५० एम्पुल, फेनारगन १५० एम्पुल र ब्रुपिनोर्फिन १५० एम्पुल गरि जम्मा ४५० एम्पुल, नगद ३८ हजार ६० रुपैँया, १ थान मोबाइल, सुनको जस्तो देखिने चन्द्रमा १ थान र १ थान औठी फेला पारी बरामद गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।