
पूर्णपुष्टि, माघ २४ । उदयपुरमा लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहाका ३० बर्षीय सरोज कुमार सार्की रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरीको गस्ती टोलीले मंगलबार बजार देखि १७ एम्पुल लागूऔषध र एक थान सिरिन्ज सहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका सार्की लागूऔषध सेबनकर्ता र कारोबारी रहेकोे खुल्न आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले उनी विरुद्ध अनुसन्धान सुरु गरेको जनाएको छ ।