Saturday, April 26News That Matters

उदयपुरमा लागुऔषध सहित एक युवक पक्राउ

पूर्णपुष्टि, फागुन १६ । उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्से स्थितबाट लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ का १९ बर्षीय दिलिप घिमिरे रहेको कोशि प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलिले घिमिरेको साथबाट डाईजेपाम–६, फेनार्गन–६, आईपिपिएल–६ गरी जम्मा १८ एम्पुल बरामद गरेसँगै नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा जिल्ला प्रहरी कर्यालय उदयपुरबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।