
पूर्णपुष्टि, जेष्ठ ३० । उदयपुरमा लागुऔषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ मिलन चोक बस्ने २४ बर्षीय भगवानदेब चौधरी रहेका छन् ।
त्रियुगा नगरपालिका ६ लालपत्ता स्थितमा आईतबार बेलुका पौने ५ बजे लहानबाट गाईघाट तर्फ आउदै गरेको यात्रुवाहक बसमा सबार चौधरीलाई प्रहरी चौकी लालपत्ताको चेकिङ टोलिले लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिए ।
प्रहरीले प्लाष्टिक झोलामा लुकाई राखेको बुप्रिनोफिन २० एम्पुल ,डाईजेपाम २० एम्पुल र फेनार्गन १९ एम्पुल गरी जम्मा ५९ एम्पुल सहित चौधरीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
