
पूर्णपुष्टि, साउन ७ । उदयपुरमा लागुऔषध सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ४ फर्सेट बस्ने सत्य नारायण चौधरीको १८ बर्षीय छोरा आयुस चौधरी र सोही ठाउँ बस्ने बलिराम चौधरीको १९ बर्षीय छोरा दिपेश चौधरी रहेका छन् ।
शनिबार अन्दाजी ११ बजेको समयमा त्रियुगा नगरपालिका ६ स्थित लालपत्तामा खटिएको विशेष प्रहरी टोली र प्रहरी चौकी लालपत्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकालागी चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उनिहरुलाई लागुऔषध फेनार्गन–४१ एम्पुल, डाईजेपाम–४३ एम्पुल र ब्रुपिनोर्फिन–४४ एम्पुल गरि जम्मा १२८ एम्पुल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिनन्दन चौधरीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।