Sunday, February 16News That Matters

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

 पूर्णपुष्टि, पुष १७ ।  उदयपुरमा लागुऔषध सहित २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–८ का २० बर्षीय रुद्र तामाङ र चौदण्डिगढी नगरपालिका–१ का २६ बर्षीय योगेन्द्र खत्री रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले काटारी–४ स्थितमा स.१० प १६१४ नम्बरको मोटरसाइकललाई रोकि चोकजाँच गर्ने क्रममा तामाङलाई प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । तामाङको साथबाट Tapentadol Tablets Apendol र Spaspain गरी जम्मा ३८ सय चक्की फेला परेसँगै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यस्तै भागलपुरबाट खटिएको प्रहरी टोलीले खत्रीलाई शंका लागि चेकजाचँ गर्दा उनको साथबाट ब्राउन सुगर ८ सय २०मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याबलेट फेला परेसँगै उनलाई नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।