Friday, July 18News That Matters

उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

पूर्णपुष्टि, फागुन १९ । उदयपुरको चौदण्डिगढी नगरपालिकाको बेल्टार बजारबाट लागुऔषध सहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डिगढी नगरपालिका ७ का १९ बर्षीय सागर बिक, २९ बर्षीय  संयोग राई र २१ बर्षीय निशान मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी प्रबक्ता वरिष्ठ प्रहरी उपरीक्षक भिमबहादुर दाहालका अनुसार बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय बेलटारले आइतबार साझ ति युबाहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट १ सय २० एम्पुल प्रतिबन्धित लागूऔषध ट्रामाडोल र १०० ट्याब्लेट स्पास्पेन बरामद गरेको छ ।

पक्राउ परेका उनिहरु लागूऔषध सेबनकर्ता र कारोबारी भएको प्रहरीले जनाएको छ । उनिहरु विरुद्ध अनुसन्धान गरेर लागूऔषध मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।