Friday, May 1News That Matters

उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

पूर्णपुष्टि, भदौ ३ । उदयपुरमा लागुऔषध सहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ का १८ बर्षीय हुमन कार्की, १८ बर्षीय सम्बीर सुयल र अमृत नेपाली रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट बुप्रोनोर्फिन, प्रोमेथारजिन र डाइजापाम गरी ६५ एम्पुल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।