Friday, July 10News That Matters

उदयपुरमा लुकेर बसेका अवस्थामा फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, पुष ८
जिल्ला प्रहरी कार्यालय उदयपुरले फरार प्रदिवादी जगत बहादुर बुढाथोकीलाई पक्राउ गरेको छ । विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना असुल उपर फरार प्रतिवादी चौदण्डीगढी नगरपालिका १० का बुढाथोकीलाई लुकीछिपी वसेको अवस्थामा बिहिबार प्रहरीले पक्राउ गरेका थिए । मिति २०७१।०१।१७ गतेको पुनराबेदन अदालत राजबिराज सप्तरीको फैसला अनुसार गर्भपतन मुद्दामा २ बर्ष ११ महिना १० दिन कैद तोकिएको बुढाथोकी त्रियुगा नगरपालिका ३ मोतिगडामा लुकेर वसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाए । पक्राउ पश्चात उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत उदयपुरमा पठाईएको छ ।