पूर्णपुष्टि, पुष ८ गते । उदयपुरमा करेन्ट लाग्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१५ ज्यामिटार बस्ने रुपेश विश्वकर्माकी २८ बर्षीया श्रीमती पार्वती बिश्वकर्मा रहेकी छिन् ।
हिजो बिहान साढे १० बजे आफ्नै बारीमा कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुन पुग्दा करेन्ट लागि उनको घटना स्थलमा नै मृत्यु भएको थियो भने उनका श्रीमान रुपेश श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागी घाईते भएका थिए । घाइते बिश्वाकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।
