पूर्णपुष्टि, पुष ८
उदयपुर गाईघाटमा संञ्चालीत दोस्रो खाना परिकार महोत्सवको कारोवार सन्तोस जनाक रहेको छ । पुष ४ गते बाट सुरु भएको उक्त महोत्सव १० गते सम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवमा प्रदेश स्तरीय लाखे प्रतियोगिता समेत हुने छ । यस लगायत महोत्सवको अन्य आकर्षणहरु खानाको बिभिन्न परिकार, सांगितिक कार्यक्रम, जातिय सांस्कार संस्कृति, जातिय पोषाकहरु रहेका छन् । यहाँ २४ ओटा स्टलहरुमा व्यपार चलिरहेको छ । बिषेश रुमा आदिवासी जनजातिहरुको पहिचानमुखी परिकारहरुलाई उच्च प्राथामिकतामा राखिएको छ । राई, मगर, तामाङ, श्रेष्ठ, भुजेल, थारु, शेर्पा, दनुवार आदि लगायतले स्टलमा भाग लिएर व्यापार संञ्चालन गरिरहेको छ । दिउँसो बाट करिब ९ बजे बेलुका सम्म संञ्चालन हुने महोत्सवमा झण्डै एक लाखको हाराहारीमा कारोवार भैरहेको आयोजकले जनाएको छ ।
