Friday, May 1News That Matters

उदयपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

उदयपुर, मंसिर ९ गते ।

उदयपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । “समान्ताको पुस्ता : बलत्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराको साथ सोमबारदेखि अभियान सुरु भएको हो ।

सदरमुकाम गाईघाटको पिपल चौकबाट ¥यालिकासाथ बजार परिक्रमा गरी उक्त पिपल चौकमा कार्यक्रम गरेर अभियानको सुभारम्भ गरेको थियो । जिल्लाको सवै स्थानीय सरकारलाई लैंगिक हिंसा विरुद्ध जिम्मेवार बनाउने उद्देश्यका साथ १६ दिन संचालन हुने अभियान सुरु गरेको मुल समारोह समितिले जनाएको छ ।

गत वर्षहरुमा सदरमुकाममुखी अभियानलाई यस वर्ष ४ गाउँपालिका र ४ नगरपालिका गरी जिल्लाको ८ वटै पालिकामा अभियान संचालन गर्ने मुल समारोह समितिका संयोजक तथा जिल्ला समन्वयन समिति उदयपुरका उप–प्रमुख गंगा राईले बताईन् ।बढ्दो लैंगिक हिंसा नियन्त्रण गर्नका लागि विशेष स्थानीय तह जिम्मेवार बन्नु पर्ने भएकाले यस वर्षको अभियान गाउँ–गाउँमा संचालन हुने संयोजक तथा उप–प्रमुख राईले बताईन्े । यसमा सवैको उतिकै जिम्मेवारी हुने भएकाले आफ्नो तहबाट जिम्मेवारी वहन गर्दै महत्वपूर्ण भुमिका खेल्न उनले आग्रह गरेकी छिन् ।

भाषण भुषणले मात्रै लैंगिक हिंसाको अन्त्य नहुने भएकाले यसको मुख्य समस्याको समाधान खोज्नु पर्ने १ न. प्रदेश सांसद विमल कार्कीले बताए । लैंगिक हिंसाको अन्त्य गर्नका लागि योजना बनाएर समस्याको पहिचान गरी समाधान गर्नु पर्ने उनले बताए ।ठूलो र लामो संघर्षले महिलाको हक अधिकार संविधानमा लेखिएको भएपनि कतिपय अझै कार्यन्वयन हुन सकेको छैन । कार्यन्वयन गर्नका लागि पनि संघर्ष नै गर्नु पर्ने अवस्था रहेको १ नं प्रदेश सांसद अम्बिका थापाले बताईन् । अधिकार पाएपनि अधिकारको महशुस गर्न बाँकि नै रहेको उनले बताए ।

आर्थिक समस्याले गर्दा पनि लैंगिक हिंसा नियन्त्रण हुन नसकेको जिल्ला समन्वयन समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले बताए । महिला अधिकारले संविधानमा स्थान पाएपनि कार्यन्वयन हुन नसकेकै कारण लैंगिक हिंसा भएको उनले बताए ।