Friday, June 26News That Matters

उदयपुरमा वडाध्यक्षले चलाएको मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

पूर्णपुष्टि, फागुन १२ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष निर्मलकुमार चौधरीले आफ्नै वडाबासी पैदलयात्रुलाई मोटरसाईकलले गएराती ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्राप्त जानकारी अनुसार त्रिनपा–६ का अन्दाजी ५३ वर्षिय रामचन्द्र चौधरी (थारु) लाई वडाध्यक्ष चौधरीले ठक्कर दिएका थिए ।
गाईघाट–कदमाहा सडक खण्डको देउरी र जलजलेबीचको कुमारीचौकमा राती ८ः३० बजेको समयमा पैदलयात्रामा रहेका चौधरीलाई वडा कार्यालयको सरकारी गाईघाट कदमाहा कमारीचौकमा, राती ८ः३० स १ ब ८९७ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते बनेको चौधरीलाई उपचारका लागि विराटनगर लैजादा जैलादै बाटैमा मृत्यु भएको थियो । दुर्घटनामा अध्यक्ष चौधरी पनि घाइते भएका छन् । उनको पनि विराटनगरमा उपचार भइरहेको जनाइएको छ ।
घटनापछि पिडित पक्षले आजविहान घटनास्थल कुमारी चौकमा चक्काजाम गरे । पिडितको परिवार, आफन्त र स्थानीयले करिब डेडघण्टा चक्काजाम गरेका थिए । उनीहरुले पिडितलाई न्याय र उचित क्षतिपूर्तीको माग राखेका छन् । घटनालाई पिडक पक्षले सामान्य रुपमा लिएको, उचित न्याय र क्षतीपूर्तीप्रति चासो नदिएको भन्दै स्थानीयले अध्यक्ष चौधरीको विरोध गरेका छन् ।
मृतकको शब उदयपुर अस्पतालको शबगृहमा राखिएको छ । आजै शबको पोष्टमार्टम गरिने जनाइएको छ । पिडित परिवारले मृतक परिवारलाई उचित न्याय र क्षतीपूर्तीको ग्यारेण्टी नभएसम्म शब जिम्मा नलिने जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान र कारवाही अगाडी बढाएको जनाएको छ भने पिडितको न्याय र क्षतिपूर्तीको बारेमा छलफल चलिरहेको स्थानीय युवा अगुवा दिपक किराँतीले जानकारी दिए ।