उदयपुरमा शमिक्षा सहित ट्राफिक सप्ताह समापन

पूर्णपुष्टि, पुष १२
१ नं प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ४ गते बाट सुरु भएको दुर्घटना न्युनिकरण बारे सचेतना सम्बन्धि ७ दिने ट्राफिक सप्ताह उदयपुरमा आज समापन भएको छ ।
गाईघाट बरुवा बसपार्क स्थित सप्ताहको ७ दिन भित्र गरिएको बिभिन्न चेतनामुलक कार्यक्रमहरुको शमिक्षा सहित कार्यक्रम सम्पन्न गरिएको हो । सप्ताह कार्यक्रममा विद्यार्थी, सवारी चालक, प्रशासन, सुरक्षाकर्मी, संञ्चारकर्मी, ट्राफिक प्रहरी, स्थानीय सरकार, स्वास्थ्य संस्था लगायत सम्बन्धित क्षेत्रहरुको सहयोग र समन्वय रहेका थिए ।

सप्ताहको ७ दिन जिल्लाभरीकै ट्राफिक कार्यालयहरुको माताहतमा पर्जा पम्पप्लेट वितरण तथा ट्राफिक संयम सेवक, माहानगर तथा नरपालिका बजार भित्र रहेको पुटपाथहरुको व्यवस्थापन, ट्राफिक चिन्ह, जथाभावि राखिएको सामानहरु व्यवस्थापन, संयुक्त रुपमा सवारी साधनहरुको अवस्था बारे चेक जाँज, सवारीमा सरकारले तोकेको मापदण्डहरु अपाङ सिट, यात्रुको परिणाम, सिट क्षमता जस्ता आरकक्षणको निगरानी, विद्यालयहरुमा विद्यार्थीहरुलाई सचेतना सम्बन्धि कक्षा संञ्चालन, विद्यार्थीहरु सँगको सहभागीमा ट्राफिक सचेतनाको लागि फिल्ड लगायत बिबिध कर्यक्रम सहित सप्ताह सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका ईन्चार्ज लिला कुमार श्रेष्ठले बताउनुभयो । उहाँले सप्तामा गरिएको कार्यक्रमको प्रतिवेदन समेत पढेर सुनाउनुभयो ।

कार्यक्रमको समापन साहायक जिल्ला प्रमुख अधिकारी बिनोद कुमार पोखरेल, प्रहरी प्रमुख सुवास चन्द्र बोहोरा र त्रिनापा १३ का वडाअध्यक्ष पशुपति चौधरी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेको साहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले ट्राफिक सप्ताहको ७ दिनले धेरै मानिसमा दुर्घटना बारे सचेतना फैलिएको आशा गर्नु भएको छ । उहाँले यस ७ दिनको कार्यक्रमलाई सबैले जिवन भर नै चेतनको रुपमा लिनु पर्ने बताउनुभयो । सप्ताहमा आवश्यक सबै क्षेहरुले सहभागी जनाएको र दुर्घटना सम्बन्धि धेरै कुरा बुझेको बताउनुभयो । उहाँले सवारी चालकहरुलाई सँधै सचेत र नियमको पालना गरी दुर्घटना बाट बचेर सफल यात्रा गर्न समेत अनुरोध गर्नुभयो ।

यस्तै प्रहरी प्रमुख बोहोराले सबै भन्दा पहिले सवारी चालकहरु आफै सचेत हुनु पर्ने बताउनुभयो । उहाँले चालक सचेत भए दुर्घटनाको अवस्था निकै न्युन भएर जाने बताउनुभयो ।
उहाँले चालकले आफुलाई पहिले सुरक्षित राख्न सके मात्र यात्रा गन्तव्य सम्म पुग्ने र यात्रुहरुको समेत ज्यान जोगाउन सक्ने बताउनुभयो । उहाँले मापासे गरेर र लाईसेन्स बिना जोखिमको व्यापार नगर्न पनि सुझाउनुभयो ।

यस्तै कार्यक्रमको सभापति समेत रहनु भएकी १३ नं की वडाअध्यक्ष चौधरीले पनि पछिल्लो समयमा मापासे जोखिम यात्राको प्रम्ुख कारण बन्दै गएको बताउनुभयो । सफल यात्राको लागि आफ्नो साधन र आफुनै बलियो हुनु पर्ने भन्दै आफुलाई कम्जोर बनाई गन्तव्यको असुरक्षित बनाउने मापासे जस्ता चिजलाई प्रयोग नगनै पनि अध्यक्ष चौधरीले अनुरोध गर्नुभयो ।


सप्ताह कार्यक्रमलाई बिभिन्न १५ ओट गाईघाटको बोर्डिङहरु तथा विद्यालय क्याम्पसहरु लालिगुँरास, नमुना, क्यान्भास, प्याराडाईज, बरुवा क्याम्पस लगायतले ट्राफिक संयमसेवको रुपमा सहयोग गरेका थिए । यता चालकहरुले भने आफ्नो सवारीको सचेत यात्रा र बिभिन्न कार्यक्रमहरुमा सहभागी जनाई ट्राफिक सप्ताहलाई सहयोग गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: