Tuesday, March 18News That Matters

उदयपुरमा २३ सशस्त्र प्रहरी र तिन नेपाल प्रहरी सहित २६ जनाले गरे रक्तदान

पूर्णपुष्टि, पुष २८ । उदयपुरमा १४ औँ शसस्त्र प्रहरी दिवस २०८१ को अवसरमा २६ जना शसस्त्र प्रहरीले रक्तदान गरेका छन् । शसस्त्र प्रहरी बल ५ नं. गण हेडक्वाटर त्रियुगा उदयपुरको आयोजना तथा रेडक्रस सोसाईटी उदयपुरको समन्वयमा आईतबार दिवसको अवसर पारेर रक्तदान गरिएको हो ।

रेडक्रसको कार्यालयमा भएको रक्तदानमा शसस्त्र प्रहरी नायव उपरिक्षक लक्ष्मण खड्का, सशस्त्र प्रहरी निरिक्षक जिवन खतिवडा, नरेश चौधरी, सुरेन्द्र कुमार लम्साल, शसस्त्र प्रहरी नायव निरिक्षक देव नारायण ठाकुर, टिका बहादुर राई, सशस्त्र प्रहरी बरिष्ठ हबल्दार रिम्खा बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी हबल्दार धन बहादुर राई, रामविलास चौधरी, देवराज निरौला, राजन बस्नेत, सशस्त्र प्रहरी सहायक हबल्दार नवराज घले मगर, रमेश कुमार थापा, यम्बर बहादुर खड्का, प्रिन्स बस्नेत, रेशम हमाल ठकुरी, गुणराज राई, गोबिन्द पौडेल र सशस्त्र प्रहरी जवान दिपक राई, कमल भण्डारी, ईन्द्र वाइबा, रेवन कुमार अधिकारी, सागर खतिवडा, कपिल कुमार दमाई, पृथलाल श्रेष्ठ, रिपु परियार सहभागी थिए ।