उदयपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

पूर्णपुष्टि, कार्तिक १ । उदयपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ७ नागबेली बस्ने ३१ बर्षे सन्तोष भन्ने पिटर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) रमेश थापाका अनुसार मंगलबार राति ११ बजेको समयमा मापासे गरी पिटरले खाना पकाउने कुकरले प्रहार गर्दा टाउको, नाक र मुख समेतमा चोट लागी उनकी श्रीमती २९ बर्षीया छबिमाया गम्भिर घाईते भएकी थिईन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा साढेँ १० बजे मृत्यु भएको डिएसपी चौधरीले बताए ।

उक्त घटनाको खबर पाएपश्चात पिटरलाई बुधबार बिहान त्रियुगा नगरपालिका ८ राजावास बैरेनिबाट पक्राउ गरिएको डिएसपी चौधरीले जनाए । भारतको नयाँ दिल्लीमा करिव ९ महिना काम गरी १४ दिन अगाडि नेपाल फर्किएका उनिहरु दशै मनाउन भन्दै पाहुनाको रुपमा त्रियुगा नगरपालिका ५ श्रीपुरस्थित दिदिको घरमा पुगेका थिए । उनिहरुबिच करिव ३ वर्ष अगाडि देखि पारिवारिक विवाद रहेको अनुसन्धानको क्रममा खुलेको डिएसपी चौधरीले बताए । मृतक छबिमायाको शव पोष्टमार्टमको लागी जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
4
+1
2