
पूर्णपुष्टि, पौष २० । उदयपुरको बेलका नगरपालिका–३ स्थित किरात चोकमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्याको प्रयास गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आईतबार बिहान ८ बजेको समयमा श्रीमान–श्रीमती बिच झगडाहुँदा स्थानिय ३० बर्षीय खगेन्द्र राईले २७ बर्षीय भावना भन्ने गंगा राईलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भिर घाईते भएकी गंगाको ९ बजेर ५० मिनेटको समयमा वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीलाई छुरा प्रहार गरेका राईले आफ्नै शरीरमा समेत छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेकोमा स्थानीयले देखी तत्काल उपचारको लागि सोही अस्पताल लगिएकोमा हाल उनको उपचार भईरहेको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटिई गई थप अनुसन्धान भइरहेको छ ।
