
उदयपुर, असोज ३ गते ।
संविधान दिवस २०७६, उदयपुरमा भब्य रुपले मनाईदैछ । आज बृहद र्याली तथा कोणसभा गरि दिवस भनाईएको छ । विविध कार्यक्रमका साथ हिजोदेखि नै मनाउन सुरु गरिएको दिवस आज विशेषरुपमा र्याली तथा कोणसभाको आयोजना भएको हो । भोलीसम्म विविध कार्यक्रम गरेर दिवस मनाउने कार्यक्रम रहेको छ । आजको र्याली हालसम्मकै औपचारिक दिवस मनाउने मध्येको ठूलो र विशेष रहेको आयोजकले जनाएको छ । हजारौंको सहभागिता रहेको र्यालीमा विद्यार्थी, कर्मचारी, शिक्षक, व्यापारी, व्यवसायी, गैरसरकारी संस्थाा, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी, राजनीतिक दलबाट व्यापक सहभागिता थियो ।

संघीय सांसद सुरेशकुमार राई (हिमाल) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसदहरु विमल कार्की, अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियार, उपप्रमुख गंगा राई, त्रियुगा नेगरका मेयर बलदेव चौधरी लगायतको उपस्थिति थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुखहरु लगायत सबै क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रमका बक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रपछिको नेपालको पहिलो संविधानलाई कार्यान्वयन तहमा लानसके छिट्टै समृद्ध देश, सुखि नेपाली बन्ने बताए ।

विगत भन्दा पृथक र भब्य रुपले दिवस मनाइएको जिल्ला समन्वय प्रमुख तथा दिवस आयोजक समारोह समितिका अध्यक्ष खड्गबहादुर परियारले बताए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम गर्नुका साथै हिजो दिवसको अवसरमा भएको रिले दौड र हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
फोटो फिचर

