Monday, April 20News That Matters

कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट

असोज ३ गते । 

अछामको एक नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको  हो ।

गतराती करिब १ बजे कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । कार्यालयको ढोकामा विष्फोट भएको र विष्फोटबाट ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।

विष्फोट गराउनेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । विष्फोट गराउने समूहको खोजी कर्या भईहेको प्रहरीले जनाएको छ ।