
पूर्णपुष्टि,फागुन २१ । हुरेण्डेक उदयपुर र वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा ७ दिने सडक नाटक सम्बन्धि तालिम सम्पन्न गराएको छ । किशोर किशोरीहरुलाई अभिनय कला,सडक नाटक लेखन,प्रस्तुतिकरण सम्बन्धी क्षमता अभिवृद्धि गरी समुदायमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएको तालिममा जिल्लाका चार गाउँपालिकाका २४ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो ।

प्रस्तुत नाटकमा समुदायमा विद्यमान बालविवाह, गर्भवती तथा सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको हेरचाह, आमाहरुलाई सुरक्षित मातृन्व,पोषण,खोप,सरसफाई,बाल बिबाह,बाल श्रम, घरेलु हिँसा वृद्धि अनुगमन आदि विषय वस्तुलाई समेटिएको थियो । तालिम पश्चात सहभागी नमुना मा.वि. मुर्कुचीमा सडक नाटक समेत प्रदर्शनी गरिएको थियो ।
सहभागिहरुले सिकेको नाटक सुनालौ हजार दिनको आमाहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतना प्रवाहको लागि ४ वटै गाउँपालिकाका स्वास्थ्य आमा समूह र सहयोगी समूहहरुलाई तालिममा सिकाइएका बिषयमा आधारित रहि क्षमता अभिवृद्धि गराउने हुरेण्डेकको कर्मचारी यम कुमारी गौतमले बताइन् । उनका अनुसार तामिल प्राप्त सहभागीहरुबाट १२–१२ जनाको दुई समुह छनोट गरी सोहि समुहका किसोर किसोरीहरुले तालिममा सिकाइएका नाटकहरु रौतामाई,लिम्चुङबुङ,कटारी,ताप्ली र उदपुरगढिकाका आमाहरुलाई स्वास्थ्य सम्बन्धि जनचेतना प्रवाह गराउँने छ ।

गत सोमबार देखि शुरु भएको तालिमको सहजिकरण अभियान साहित्य कलाकार समाज काठमाण्डौंका घनश्याम गौतम र युग ज्योति गौतमले गर्नु भएको थियो ।

