उदयपुरमा सरकारी छाप किर्ते मुद्धाका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, भदौ १० । उदयपुरमा सरकारी छाप किर्ते मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–१० देवधार बस्ने ३५ बर्षीय दिलिप कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला अदालतले २०७५÷०३÷१२ गते सरकारी छाप दस्तखत किर्ते मुद्धामा ११ महिना १० दिन कैद र रु. ५० रुपैँया जरिवाना तोकेतापनि फरार रहँदै आएका चौधरीलाई शनिबार राती ९:४५ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिन्नदन चौधरीले जानकारी दिए । उनका अनुसार फरार रहेको चौधरीलाई खोतजलास गर्ने क्रममा चौदण्डीगढी नगरपालिका–६ स्थितमा लुकिछिपि बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौधरीलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा ल्याई आवश्यक अनुसन्धान पश्चात फैसला कार्यान्वयको लागी जिल्ला अदातल पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0