
पूर्णपुष्टि, चैत १३
उदयपुरमा सवारी दुर्घटना हुँदा १४ जना घाईते भएको छ । जिल्लाको कटारी नगरपालिका– ११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा ओखलढुङगाबाट कटारीतर्फ आउदै गरेको प्रदेश १–०७–००१ ज ००११ नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकबाट ५ मिटर तल खस्दा उक्त गाडीमा सवार १४ जना घाईते भएको हो ।
घाईतेहरुलाई उपचारको लागी कटारी अस्पताल पठाईएको छ । घाईते १४ जना मध्ये २ जनाको अबस्था गम्भिर रहेको छ भने १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
