
पूर्णपुष्टि, चैत १३
उदयपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा बेल्टार–६ बस्ने अन्दाजी ६५ वर्षीय डण्डीराम तिम्सिना रहेका छन् ।
जिल्लाको चौदण्डीगढी नगरपालीका–१० स्थितमदनभण्डारी स्मृती लोक राजमार्गमा गाईघाट बाट बेल्टार तर्फ जादैँ गरेको स १ ह ३१९२ नम्बरको अटोलाई बिपरीत दिशा बाट आउँदै गरेको सवारी साधनले ठक्कर दिएको हो । ठक्करबाट अटोमा सवार चालक सहित तिनै जना गम्भिर घाईते भएका थिए । तिम्सिनाको उपचारको क्रममा नगर अस्पताल बेल्टारमा दिउँसो २ः२० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बेल्टार–७ बस्ने ३४ वर्षीय बिनोद कार्की र अटो चालक चौदण्डीगढी नगरापलीका–२ झोडापाट बस्ने ४८ वर्षीय शिवराज कट्वालको उपचारको लागी न्युरो बिटारनगर पठाएको छ । उक्त दुर्घटना गराएको हुन सक्ने आशंखामा दुईवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
