उदयपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

पूर्णपुष्टि, मंसिर २२
उदयपुरमा मंगलबार सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको त्रियुगा नगरपालिका–११ पिजि चौकमा मोटरसाईककलले ठक्कर दिँदा स्थानिय ४६ वर्षीय कर्ण सुन्दासको ज्यान गएको हो ।
बेल्टारबाट गाईघाट आउदैँ गरेको प्रदेश नम्बर १ –०५–००१ प ३५९२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानिय सुन्दास र त्रियुगा–१३ राई चौकका चालक २९ वर्षीय बिरेन राई समेत घाईते भएका थिए । सुन्दासको अनुहार, दाहिने हातमा चोट लागि घाईते भई उपचारको लागि जिल्ला अस्पताल गाईघाट उदयपुर ल्याई थियो । उनलाई थप उपचारको लागि न्युरोअस्ताल विराटनगर रेफर गरेकोमा उपचारको क्रममा आज बिहान २ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायव उपरिक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो ।
चालक राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: