उदयपुरमा सांस्कृतिक कार्यक्रम सहित थारु समुदायले माघि महोत्सव आयोजना गर्ने

पूर्णपुष्टि, २२ पौष ।
उदयपुरका थारु समुदायहरुले माघि महोत्सव (तिला संक्राईत) आयोजना गर्ने भएको छ । माघ २ गते त्रियुगा नगरपालिका १३ बहेडुवा जनता आधारभूत विद्यालयमा एक दिने माघी महोत्सव २०८० आयोजना गर्ने जनाईएको हो । संघर्षशिल युवा समूह बहेडुवाको आयोजना तथा मलिथम थारु सेवा समाज, राष्ट्रिय थारु कलकार मञ्च उदयपुरको समन्वयमा महोत्सव हुन लागेको हो । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुले सांस्कृतिक कार्यक्रममा सहभागी जनाउँने छ । थारु समुदाय भित्रका बिभिन्न राष्ट्रिय कलकारहरु महोत्सवमा सहभागी हुने आयोजकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0