Saturday, June 20News That Matters

उदयपुरमा सामूहिक करणी गरेको अभियोगमा ४ युवा पक्राउ

पूर्णपुष्टि, असार ३०

उदयपुरमा ४० वर्षीया महिलामाथि सामूहिक करणी गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् । सामूहिक करणी गरेको अभियोगमा मंगलबार उदयपुरगढी गाउँपालिका–६ सिन्कौले बस्ने २३ वर्षीय मदन पुलामी मगर, २० वर्षीय सुमन थापा र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरू पक्राउ परेका हुन् ।

उनीहरु विरुद्ध जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता समेत भईसकेको प्रहरीले जनाएको छ ।

यही असार १५ गते राति चारैैजनाले ती महिलालाई करणी गरेको खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट नेपालटारबाट संयुक्त प्रहरी टोली खटिएको थियो । सोही टोलीले हिजो अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको हो ।