
पूर्णपुष्टि, असार ३०
सिरहामा पानी जमेको खाल्डोमा डुबेर आठ वर्षीया बालिकाको ज्यान गएको छ । बरियारपट्टी गाउँपालिका–३ का राजदेव ठाकुरकी छोरी नितु कुमारी शर्माको खाल्डोमा डुबेर ज्यान गएको हो ।
हराएको हाँस खोजी गर्न गएकी बालिका धेरैबेसम्म घर नआएपछि आमा र स्थानीयले खोजी गर्दै जाँदा नजिकै खाल्डोमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बालिकालाई उपचारको लागि स्वास्थ्य चौकी बरियारपट्टी पुर्याउना साथ स्वास्थ्यकर्मीले उनलाई मृत घोषित गरेको थियो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
