Saturday, June 20News That Matters

उदयपुरमा थप २० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २,६२२ पुग्यो

पूर्णपुष्टि, असार ३० 

उदयपुरमा आज (वुधबार) थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ११ पुरुष र ९ महिलामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ६२२ जना पुगेको हो ।

स्वास्थ्य कार्यालयका अनुसार आज थपिएका संक्रमिहरु चौदण्डीगढी, त्रियुगा र बेलका नगरपालिकाका रहेका छन् । चौदण्डीगढीमा ५ पुरुष र ४ महिला गरी ९ जना, त्रियुगामा ४ पुरुष र ३ महिला गरी ७ जनामा संक्रण देखिएको छ, भने बेलकामा २ पुरुष र २ महिला गरी ४ जना संक्रमित भएका छन् ।

जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार २४९ पुरुष र १ हजार ६७ महिला गरी २ हजार ३१६ जना रहेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १३३ पुरुष र १२३ महिला गरी २५६ जना रहेका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या जिल्लामा ३४ पुरुष र १६ महिला गरी ५० जना रहेका छन् ।