
पूर्णपुष्टि, असार ३० ।
बदलिएको राजनीतिक र सामाजिक परिवेशमा फेरि एउता नयाँ यात्रा थाल्न नेपाली कंग्रस पार्टिले युवाहरुलाई नवीन स्रोतका रुपमा लिएको छ । यसैक्रममा नेपाली कांग्रेस धादिङ तरुणदल जिल्ला सदस्य संजय सिलवाललाई नेपाली कांग्रेस केन्द्रीय तरुण विभाग युवा अद्यमसिलता विकास तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनित गरेको छ ।
धादिङमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भद्र, सालिन, मिलनसार स्वभाव भएका संजय सिलवाललाई यो पद दिक्इएकाे हाे । पद दिनु धादिङ लगायत देशका युवाहरुमा नयाँ जोस थपिएको छ । संजय सिलवाल भन्छन्- राम्रो कार्यको शुरुवात नेतृत्वबाटै हुनुपर्छ ।
‘ठूला ठूला राजनितिक परिवर्तन युवाबाट नै सम्भव भएको हुनाले विश्वास गरेर दिनु भएको जिम्मेवारी मन बचन र कर्मले पुरा गर्ने प्रतिबद्धता व्यत्त गर्दै युवाहरुको सुख दुखको साथी बन्ने संकल्प गर्दछु’ सिलवालकाे भनाइ छ ।
