Tuesday, April 21News That Matters

उदयपुरमा सुनचाँदी पसल आजदेखी खुल्ला

पूर्णपुष्टि, साउन ६ । उदयपुरमा सुनचाँदी व्यवसायीहरुले आजदेखी पसल खुल्ला गरेका छन् । सोमबार उदयपुर सुनचाँदी व्यवसायी संघले एक सुचना जारी गर्दै असार ६ गतेदेखी पसल खोलेर कारोबार संचालन गर्न जानकारी दिएको हो ।

सुचनामा महासंघको कार्यदल र सरकारबिचको बार्ता व्यवसाय अनुकुल हुन्छ भन्ने विश्वास बन्दै गईरहेको हुनाले निति नियम बन्नलाई समय लाग्ने भएको हुँदा साउन ६ गतेदेखी पसल खोली व्यवसाय संचालन गर्न अनुरोध गरिएको छ ।

यस अघि साउन २ गते शुक्रबारका दिन बसेको कार्य समितिको बैठकबाट नेपाल सरकारले बजेट मार्फत लगाएको कर, निति अव्यवहारीक ठहर गर्दै महासंघको कार्यदल र सरकारबिचको ठोस निर्णय नआउन्जेल सम्मको लागी साउन ४ गते साझ ५ बजेबाट सम्पुर्ण सुनचाँदी पसल बन्द गर्न भनि पत्रचार गरिएको थियो । संघले पसल खुल्ला गर्ने निर्णय गरेसँगै सदरमुकाम गाईघाट, बेल्टार, रामपुर लगायतका बजारमा सुनचाँदीको कारोबार सुरु भएको छ ।