Friday, July 11News That Matters

उदयपुरमा सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा

पूर्णपुष्टि, असार १३ । उदयपुरमा सुनचादी ब्याबसायीहरु पसल बन्द गरेर शुक्रबार देखि आन्दोलनमा उत्रिएका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हिराका गरगहनाको ब्याबसायमा लगाएको बिलासीता करको बिरुद्धमा ब्याबसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

गत जेष्ठ २९ गते पनि सोही कर खारेजीको माग गर्दै स्थानिय ब्याबसायीहरुले एक दिन सुनपसल बन्द गरेर बिरोध जनाएका थिए । नेपाल सुनचाँदी व्यावसायी महासंघको निर्देशन अनुसार सगरमाथा सुनचाँदी ब्याबसायी संघ र उदयपुर सुनचाँदी ब्याबसायी संघको नेतृत्वमा व्यवसायीहरुले अनिश्चितकालको लागी पसल बन्द गरेर आन्दोलित भएको ब्याबसायी रमेश रसाइलीले बताए ।

सदरमुकाम गाईघाट , कटारी , बेल्टार , रामपुर र मुर्कुची बजारमा रहेका ब्याबसायीहरुले पसल बन्द गरेका छन् । व्यवसायीहरुले सुनमा लगाईएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, बहुमुल्य हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने र सुनचाँदी कारोबारीको लागी प्रष्ट निति नियमावली निर्माण गर्नुपर्ने माग राखेका छन् ।