
पूर्णपुष्टि, कात्तिक २३
नेपाली सेनाको रण शार्दुल गण बोक्से उदयपुरका ५ जना सेनासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा ३७, ३६, ३४, ३१, २४, २८, २३, ५४ वर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
संक्रमितहरु मध्ये ५ जना नेपाल आर्मी हुन, एक जना देउरी प्राथमिक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी र दुई जना कटारी नगरपालिकाका सर्वसाधारण रहेको जनाईएको छ ।
